शीर्षकहरू

देशभरिको सवारीको रुट परमिट खुला

देशभरिको सवारीको रुट परमिट खुला

काठमाडौं । यातायात व्यवस्था विभागले सोमबारदेखि देशभरिको सवारीको रुट परमिट खुला गरेको छ । विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार रुट परमिट दशैंको पूर्णिमासम्म कायम रहने छ । यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो ।

विभागका अनुसार केहि दिनदेखि परेको अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन सकेको थिए । प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले आजैदेखि रुट परमिट खुला गर्ने निर्णय गरेको छ ।