काठमाडौं । सरकारी विभिन्न मन्त्रालयको काम नगर्नै २ दर्जन कम्पनीहरुलाई कालोसूचीमा परेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचनामा यी कम्पनीलाई कालो सूची राखेको हो ।
विभिन्न सरकारी निकायको काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले तीनवर्षदेखि एक वर्षसम्म विभिन्न काममा भाग लिन नपाउने गरि कालोसूचीमा राखेको छ । कार्यालयले १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको सूचनामार्फत जानकारी दिएको छ ।
कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन् ।