शीर्षकहरू

शेयर बजारमा उछालः एकैदिन ११४.७० अंकले बढ्यो, ७ अर्ब ६१ करोडको कारोबार

शेयर बजारमा उछालः एकैदिन ११४.७० अंकले बढ्यो, ७ अर्ब ६१ करोडको कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । आज नेप्से ११४.७० अंकले बढेर दुई हजार ६ सय २३ दशमलव ५६ विन्दुमा बन्द भएको हो ।             

नेप्सेमा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँमा सिमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये २४३ वटाको बढेको छ भने एक वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

null                                   

आज १८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसका साथै आज १८ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने १५ कम्पनीको शेयरमूल्य भने ८ प्रतिशतले बढेको छ ।   

बढेको बजारमा तीन कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २८ करोड ८२ लाख बराबरको कारोबार भएको छ ।