शीर्षकहरू

नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको अध्यक्षमा रायमाझी निर्वाचित

नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको अध्यक्षमा रायमाझी निर्वाचित

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर एसोसिएसनले सोमबार काठमाडौंको नक्सालमा आफ्नो १५ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त सभाले एनआईसी एशिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकारी रामेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् । नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडका प्रमुखका कार्यकारी अधिकृत मनिस नारायण जोशी पाध्यक्ष पदमा निर्वाचित भएका छन् । 

त्यस्तै, महासचिवमा (गरिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई,कोषाध्यक्षमा (एनआइएमबी एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  शिवान्त ब. पाडें निर्वाचित भएका छन् ।

सदस्यहरूमा (सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्की,(नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्पा शर्मा निर्वाचित भएका छन् । विभिन्न मर्चेन्ट बैंकिङका प्रतिनिधिहरू सामेल समेत रहेका उक्त नयाँ कार्यसमिति सदस्यहरु नेपालमा मर्चेन्ट बैंकिङको भूमिकालाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।