शीर्षकहरू

‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर’ शुरु

‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर’ शुरु

काठमाडौं । काठमाडौंको एभरेष्ट होटलमा  ‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ आयोजना भएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा  एजुकेशनल फेयर शुरु भएको हो । 

null

इक्यानका अध्यक्ष शेषराज भट्टराईका अनुसार कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा मेला आयोजना गरिएको हो । नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह, शैक्षिक संस्थामा प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी एवम् परामर्श सेवा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । 

null

मेलामा विद्यार्थीले विशेष गरी विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी प्राप्त गर्नेछन् । साथै विभिन्न देशका प्रतिनिधिहरूसँग पनि साक्षात्कार गर्न पाइने इक्यानले जनाएको छ ।