शीर्षकहरू

आज पूर्वी र मध्य भागमा हल्कादेखि मध्यम खालको वर्षा हुने

आज पूर्वी र मध्य भागमा हल्कादेखि मध्यम खालको वर्षा हुने

काठमाडौं । दक्षिण–पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ । मनसुनको समेत प्रभाव कायम रहेकाले आज पूर्वी र मध्य भागमा हल्कादेखि मध्यम खालको वर्षा हुने पूर्वानुमान छ ।

आज हिजोको तुलनामा धेरै ठाउँमा प्रभाव देखिने मौसमविदले बताएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका आज र भोलि वर्षाको सम्भावना छ । तर लगातार वर्षा हुने छैन । यद्यपि यसको असर यात्रुहरुलाई पर्न सक्ने उनको अनुमान छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र  चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औंल्याएको छ । साथै कोशी प्रदेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।