शीर्षकहरू

कुलेखानी जलविद्युत व्यवस्थापनको कमजोरीका कारण ठूलो मानविय र भौतिक क्षति

कुलेखानी जलविद्युत व्यवस्थापनको कमजोरीका कारण ठूलो मानविय र भौतिक क्षति

काठमाडौं । कुलेखानी जलविद्युत व्यवस्थापनको कमजोरीले मान्डू हाइड्रोपावरको पावर हाउस बगाएको कम्पनीले जनाएको छ । २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूणर्रुपमा डुबेको, बाँध क्षेत्रमा क्षति) करिव १ अर्ब रुपैयाँ बराबरको क्षति कम्पनीले जनाएको छ । कुलेखानी जलविद्युत व्यवस्थापनले मौसम पूर्वानुमानको जानकारी हुँदा हुँदै तीनदिनदेखि परेको पानीलाई एकैपटक पास गराउदा उक्त क्षति भएको कम्पनीले जनाएको छ । 

 कुलेखानी जलाशय भरिएपछि ड्यामको ढोका खोलिएको थियो ।३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । त्यसपछि उक्त डयमको पिदमा जमेको गिटीढुंगा सफा नगरेको कारणले पनि चाडो ड्याम भरिएको हो ।

साथमा कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएका थिए कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ । तीन वटा एकैपटक सञ्चालन हुनु र ड्यामबाट एकैपटक पानी पास गराउदा उक्त स्थानबाट तल रहेका संरचनामा क्षति पुगेको हो ।

कुलेखानीको पानी खोल्न पहिला त्यसभन्दा तल रहेका संरचनाका व्यवस्थापकलाई जानकारी गराउन पर्ने सर्त रहेको मान्डू हाइड्रोका व्यवस्थापकले जनाएको छ । तर, उक्त ड्याम खोल्दा कुनै पनि जानकारी नै नगराइ एकैपटक ड्यामका ढोका खोल्दा मान्डू हाइड्रोको पावर हाउस नै बगाएको छ । 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थीमध्ये हेटौँडाका घलान, योञ्जन, बाराको निजगढका रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौँका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकीको पहिरोमा परी शनिबार मृत्यु भएको थियो।