शीर्षकहरू

बाढी पहिरोले क्षति भएका संरचना निर्माण गर्न २५ अर्ब लाग्ने

बाढी पहिरोले क्षति भएका संरचना निर्माण गर्न २५ अर्ब लाग्ने

काठमाडौं । बाढी पहिरोले क्षति भएका संरचना स्थायी रुपमा पुन स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले क्षतिबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलन हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे दुई देखि तीन अर्ब रुपैयाँ लाग्ने जनाएको हो । 

वर्षाका कारण ३४ वटा राजमार्गहरुका ८०५ स्थानमा पहिरो गएको छ । पहिरोको कारण अवरुद्ध भएका सडकमध्ये ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरि सकिएको छ । अझैसम्म ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्न सकिएको छैन  । यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन गरिएको मन्त्रालयले. जनाएको छ । 

मन्त्रालयका अनुसार अरनिको राजमार्ग लार्चा कोदारी खण्ड ५ किलोमिटर अझै यातायात सुचारु हुन सकेको छैन  । हाल लिपिङ् पुल र लार्चाको बेलिब्रीज बगाएका कराण यातायात अबरुद्ध भएको छ ।

बिपी राजमार्गको चौकीडाँडा कालढुगां खण्ड १८ किलोमिटर सुचारु हुन सकेको छैन । करिब १२ किमि सडक पूर्णरुपमा बगेका कारण बिच बिचमा सावरी साधनहरु रोकिएका छन् । 

पुष्पलाल (मध्यपहाडी) राजमार्ग दोलालघाट राकधुम ८० किमि सुचारु हुन बाँकी छ । यस खण्डका धेरै ठाउँमा पहिरो गई सडक समेत वासआउट भएको छ । दुवै तर्फबाट पहिरो पन्छाउने काम भई रहेको छ । कान्ति राजपथ घपेली बगुवा खण्ड १३ किमि सुचारु हुन बाँकी छ । मकवानपुर तथा ललितपुर दुवै तर्फबट पहिरो सफ ागर्ने काम भई रहेको छ ।