शीर्षकहरू

विराटनगरमा कुमारी बैंकद्वारा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

विराटनगरमा कुमारी बैंकद्वारा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । यूएसएडसँगको साझेदारीमा 'देशैभरि वर्षैभरि' उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम संपन्न गरेको छ ।  बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्गसँगको समन्वयमा  उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वासका साथ यो अभियान चालिएको बैंकले जनाएको छ । अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिनेगरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनयसहितका सन्देशमुलक भिडियो, सचेतनामुलक सन्देसहरु विकास गरी नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको बैंकले जनाएको छ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरुको प्रर्वद्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।