शीर्षकहरू

तस्विरमा दसैंका झलक, कतै खुसी कतै दुःख

तस्विरमा दसैंका झलक, कतै खुसी कतै दुःख

काठमाडौँ गोगंबुस्थित नयाँ बसपार्कमा शनिबार दसैँका लागि घरतर्फ जान आएका यात्रु ।

 

वीरगञ्जको घन्टाघरचोकमा दसैँका लागि बिक्रीमा राखिएका खसी बोका। यहाँ बारा जिल्लाबाट ल्याएर बिक्री गर्न लागिएको हो ।

नेपालीहरुको महान् चाड बडादसैँ नजिकिंदै गर्दा संखुवासभाको खाँदबारी बजारमा शनिबार परम्परा जगेर्नाका साथै सारङ्गी रेटेर गीत गाउँदै दसैँखर्च उठाउन भोजपुरबाट आएका गन्धर्व । यी गाईनेहरुले विभिन्न ठाउँमा सारङ्गीको धुन र गीत गाएरै परिवारको जीविका चलाउँदै आएका छन् । 

काठमाडौँ गोगंबुस्थित नयाँ बसपार्कमा दसैँका लागि घर जान टिकट काट्न काउन्टरमा लामबद्ध यात्रु ।

नवरात्रिको तेस्रो दिन शनिबार बिहान पोखराको फेवातालबीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिर दर्शनका लागि डुङ्गाको पालो पर्खंदै भक्तजन । तस्बिर /रासस