शीर्षकहरू

महुली लघुवित्तले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने

महुली लघुवित्तले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ हजार ४१० कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थामा बिक्री खुला गरेको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र यी शेयर बिक्री खुला गर्दा वितरण हुन नसकेपछि कम्पनीले सर्वसाधारणमा विक्री गर्न लागेको हो । 

दिपक लम्सालको नाममा रहेको यी शेयर खरीदका लागि आगामी सात दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय सप्तरीमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । 

आवेदनमा आफूले खरीद गर्ने शेयर कित्ताको विवरण समेत खुलाई निवेदन दिनुपर्ने जानकारी दिदैं कम्पनीले शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने जानकारी दिएको छ ।