शीर्षकहरू

माछापुच्छ्रे क्यापिटलले बोलायो साधारण सभा

माछापुच्छ्रे क्यापिटलले बोलायो साधारण सभा

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले कात्तिक १३ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । असोज १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बालुवाटार प्यालेस, बालुवाटार,काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।