शीर्षकहरू

शैक्षिक परामर्श व्यवसायमा सफल युवा व्यवसायी सुवेदी

शैक्षिक परामर्श व्यवसायमा सफल युवा व्यवसायी सुवेदी

काठमाडौं । क्लाउड एजुकेशन एण्ड भिसा सर्भिसेजका सञ्चालक हुने २२ वर्षिय युवा सक्षम सुवेदी । उनीले आफ्नो व्यवसाय अष्ट्रेलीया, नेपाल, फिलीपिन्सलगायत विश्वभर ८ भन्दा बढी मुलुकमा विस्तार गरेका छन् । 

चितवनका स्थायी बासिन्दा सुवेदी छोटो समयमा नै शैक्षिक परामर्श व्यवसायमा उल्लेखनीय सफलता हासिल गरेका छन्। सुवेदी व्यवसायिक सफलतासँगै सामाजिक गतिविधिमा पनि संलग्न छन्। गैरआवासीय नेपाली संघ (एनआरएन)मा आवद्ध रहेर उनी सामाजिक कामहरूमा पनि योगदान पुर्‍याइरहेका छन्। सानै उमेरमा उनले गरेको कामले उनलाई युवा व्यवसायी र समाजसेवीका रूपमा उदाहरणीय बनाएको छ।

त्यस्तै, क्लाउड एजुकेशन एण्ड भिसा सर्भिसेजको आयोजनामा फिलिपिन्सको सेडा होटल आयलामा डेर ट ड्रिम एट वर्ल्ड एजुकेशन एक्स्पो २०२४ शैक्षिक मेला भव्य रूपमा सम्पन्न गरेको सुवेदी बताउछन् ।  यस मेलामा जापान, अस्ट्रेलिया, क्यानडा, डेनमार्क, र अन्य देशका शीर्ष विश्वविद्यालयहरूले सहभागीहरूको भविष्यको शैक्षिक यात्रा तय गर्न सहकार्य गरेका थिए।