शीर्षकहरू

उपनिर्वाचनका लागि २५ दल दर्ता, रास्वपा पनि सहभागी हुने

उपनिर्वाचनका लागि २५ दल दर्ता, रास्वपा पनि सहभागी हुने

काठमाडौं । आगामी मंसिर १६ गते हुने भनिएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम अनुसार कानुनी प्रक्रिया पुरा भएका २५ राजनीतिक दललाई दर्ता गराइएको हो ।

यसअघि स्थानीय तह निर्वाचनको अनुभव नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि यसपटक स्थानीय तह निर्वाचनमा सहभागी हुने भएको छ । गएको भदौ ५ गतेको  केन्द्रीय समितिको बैठकको निर्णयअनुसार उपनिर्वाचनका लागि रास्वपाले दल दर्ता गराएको हो ।

२०७९ को स्थानीय तह निर्वाचनको तीन महिनापछि असारमा रवि लामिछानेको अग्रसरतामा रास्वपा दल घोषणा भएकोमा २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएको थियो भने प्रदेश सभामा उक्त दल सहभागी भएको थिएन ।