शीर्षकहरू

एभरेष्ट बैंकको लाभांश पारित, दुई जना नयाँ सञ्चालक निर्वाचित

एभरेष्ट बैंकको लाभांश पारित, दुई जना नयाँ सञ्चालक निर्वाचित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेको छ । बैंकको असोज २० गते सम्पन्न सभाले भएको छ । सभाले शेयरधनीहरुलाई आ.ब २०८०÷८१ का लागि १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस साथै यस सभाले वेैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र उर्मीला श्रेष्ठलाई आगामी ४ बर्षका लागि पुन निर्विरोध निर्वाचित गरेको छ ।