शीर्षकहरू

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष आजसम्म १० करोड २६ लाख  जम्मा भयो

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष आजसम्म १० करोड २६ लाख  जम्मा भयो

काठमाडौं  । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आजसम्म १० करोड २६ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । कोषका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट  पाँच करोड रुपैयाँ हस्तान्तरण भएको छ ।

यसैगरी नेपाल बैंक लिमिटेडबाट दुई करोड रुपैयाँ, निर्माण व्यवसायी विकास परिषद्बाट एक करोड रुपैयाँ, एनएमबी बैङ्कबाट ५१ लाख रुपैयाँ, नेपाली कांग्रेसबाट ५० लाख रुपैयाँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट ५० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सबाट ५० लाख रुपैयाँ र मेटलाइफ इन्स्योरेन्सबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।