शीर्षकहरू

सिद्धार्थ बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशत छुट

सिद्धार्थ बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशत छुट

काठमाडौं । सिद्धार्थ बैंक र र्‍याडिसन होटेल (लाजिम्पाट, काठमाडौं) बीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेगरी सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले र्‍याडिसन होटेलमाकार्डबाट भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास आफूहरूले लिएको बैंकको भनाइ छ ।