शीर्षकहरू

सानिमा रिलायन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

सानिमा रिलायन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको साधारण सभाले लाभांश पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी चार अर्ब अठार करोड चालिस लाख रुपैयाँको १८.३८११ प्रतिशतका  अर्थात छयहत्तर करोड नब्बे लाख पैंसाठी हजार दुई सय चौबीस बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ । त्यसैगरी आ.व.०८० ÷८१ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।  कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले विश्व बजारमा आएको मन्दी, अन्तर्राष्ट्रिय रुपमा विभिन्न राष्ट्रहरु बिच रहेको कलह तथा भिडन्त, कोभिडको अवशेष यथावतै रहेको बताएका थिए । हालको आर्थिक अबस्थाका कारण बीमा व्यवसायको लगानीका अवसरहरुका बीचमा थपिदै गएको चुनौति रहेको बताएका थिए ।  

कम्पनीका आर्थिक सूचकांकहरुसकरात्मक नै रहेका, कर्मचारीहरुको उच्च मनोबल, बीमितहरुको विश्वास तथा अभिकर्ताहरुको उत्प्रेरणादायी भुमिका, सञ्चालक समितिको अभिभावकिय भुमिका साथै मार्गनिर्देशनका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको व्यहोरा उल्लेख गरेका थिए ।