शीर्षकहरू

प्रभुु स्टक मार्केटले मंसिर २ गते साधारण सभा गर्दै

प्रभुु स्टक मार्केटले मंसिर २ गते साधारण सभा गर्दै

काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडले मंसिर २ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) का रुपमा सञ्चालित यस कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय बुद्धनगर, काठमाडौंमा अपरान्ह ३ः३० बजे सभा गर्ने निर्णय गरेको हो । असोज २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

 सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउृनेछ । सञ्चालकहरुको नियुक्ती गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । कम्पनीको नियमावली संशोधन गर्ने भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।