शीर्षकहरू

युनियन उर्जा डेभलपर्सले कात्तिक १३ गते बोलायो साधारण सभा

युनियन उर्जा डेभलपर्सले कात्तिक १३ गते बोलायो साधारण सभा

काठमाडौं । युनियन उर्जा डेभलपर्स लिमिटेडले कात्तिक १३ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । असोज २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु स्वीकृत गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्यानेछ । कम्पनी सचिव नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभाको विशेष प्रस्तावमा युनियन हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित २८ दशमलव ९ मेगावाट क्षमताको होङगु खोला जलविद्युत आयोजकोको विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र युनियन उर्जा डेभलपर्स लिमिटेडको नाममा हस्तान्तरण गर्ने रहेको छ । आयोजना प्राप्तिका लागि आवश्यक प्रक्रिया पुरा गर्न सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।