शीर्षकहरू

लिबर्टी ईनर्जी कम्पनीले पायो ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने अनुमति

लिबर्टी ईनर्जी कम्पनीले पायो ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने अनुमति

काठमाडौं । लिबर्टी ईनर्जी कम्पनीले ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले असोज २३ गते १ बराबर शून्य दशमलव ५ को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर विक्री गर्न बोर्डको अनुमति पाएको हो । यस आधारमा कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद  शेयर विक्री गर्न बाटो खुलेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ छ ।

५० प्रतिशत हकप्रद शेयर विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २५ करोड रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।