शीर्षकहरू

रामेछाप एयरपोर्टमा अलपत्र परेका पर्यटकलाई सेनाले उद्धार गर्ने

रामेछाप एयरपोर्टमा अलपत्र परेका पर्यटकलाई सेनाले उद्धार गर्ने

काठमाडौं । एभरेष्ट पदयात्रा जाने क्रममा रामेछापको मन्थली विमान स्थलमा अलपत्र परेका पर्यटकलाई ट्रेकिङ एजेन्सिज एसोसिएसन(टान)को सहकार्यमा नेपाली सेनाको हेलिकप्टरबाट मन्थली काठमाडौ र काठमाडौं मन्थली पर्यटकलाई उडान गर्न लागेको  टानका अध्यक्ष सागर पाण्डेल बताए । 

उनका अनुसार तीन दिनदेखि करिब एक हजारको हराहारीमा पर्यटकहरु अलपत्र परेका छन् । त्यस्तै, आज मौसम खुलेकाले केहि निजी विमान कम्पनीले पनि मन्थली काठमाडौं र काठमाडौं मन्थली उडान गर्न लागेको खबर आएको अध्यक्ष पाण्डले जानकारी दिए ।