शीर्षकहरू

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न समितिको ताकेता

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न समितिको ताकेता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा भएका सहकारीका ऋणीहरूलाई ऋण तिर्न तोकेता गरेको छ । समितिले पटक पटक ऋण तिर्ने सूचना जारी गर्दै आएको छ । तरपनि ऋणीहरू समितिको सम्पर्कमा आएका छैनन । 

बिहीबार समितिले सूचना जारी गर्दै ऋणीहरू तथा जमानीकर्ताहरूले आफ्नो दायित्व तिर्न नआएमा उनीहरूको र उनका एकाघरका परिवारको सम्पत्ति, बैंक खाता तत्काल रोक्का गर्ने, कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।