शीर्षकहरू

एकैदिन दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च

एकैदिन दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुन एकैदिन दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य तोलामा एक लाख ६२ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६४ हजार ४ सय रुपैयाँ रहेको छ ।                              

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला एक हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।