शीर्षकहरू

दल फुटाउन अध्यादेश ल्याए प्रतिवाद गर्ने विपक्षी दलहरूबीच सहमति, तीन सदस्यीय संयन्त्र गठन

दल फुटाउन अध्यादेश ल्याए प्रतिवाद गर्ने विपक्षी दलहरूबीच सहमति, तीन सदस्यीय संयन्त्र गठन

काठमाडौं । सरकारले अध्यादेश ल्याएर साना पार्टीलाई कमजोर बनाउन र टुक्र्‍याउन खोजेको आशंका विपक्षी दलहरूले गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकमा उक्त छलफल भएको हो ।

छलफलमा सरकारको उक्त प्रयासको विरोध गर्ने र अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय विपक्षी दलहरूले गरेका छन् ।

यस्ता छन् छलफलमा उठेका र निर्णय भएका विषयहरू 
१) बाढी पहिरो लगायत प्रकृतिक विपद्को पूर्व तयारी, खोज, उद्धारमा सरकारले जिम्मेवारीका साथ काम गर्नुपर्ने थियो त्यो गरेन । सरकार जनताप्रति जवाफदेही भइराखेको छैन । 

२) सरकार पार्टीगत स्वार्थ, निहित स्वार्थमा राखेर अगाडि बढ्यो । अदालतमा मुद्दा विचाराधीन रहेका व्यवसायीबाट प्रधानमन्त्रीकै पार्टीले पार्टी कार्यालय बनाउन अबौं दान लिनु यसको पछिल्लो प्रमाण । 

३) कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थामा मुलुक रहेका बेला परराष्ट्रमा ११० भन्दा बढी दरबन्दी थप्ने काम भएको छ । यो देशलाइ स्थायी रुपमा आार्थिक भार थप्न काम हो । यो गलत भएको छ ।

४) अध्यादेश ल्याएर साना पार्टीलाई कमजोर बनाउन, टुक्र्‍याउन खोजिँदैछ । यो प्रयासको विरोध गर्ने । अध्यादेश ल्याए प्रतिवाद गर्ने । 

५) तीन सदस्यीय संयन्त्र गठन  । संयन्त्रमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य । 

६) संयन्त्र मार्फत प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिलाई ध्यानाकर्षण गर्ने । 

७) आफूहरुले उठाएका विषयमा सरकार गम्भीर नभए प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वानका लागि अगाडि बढ्ने ।