शीर्षकहरू

सन्दीप लामिछानले पाए अमेरिकाको भिसा

सन्दीप लामिछानले पाए अमेरिकाको भिसा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानले अमेरिकाको भिसा पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानले अमेरिकाको भिसा पाएको जनाएका हो । 

क्यानका अनुसार शुक्रबार आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका, नेपाल र स्कटल्यान्डबीच हुने त्रिकोणात्मक शृंखला खेल्न जान उनले भिसा प्राप्त गरेका हुन्। उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने भएका छन् । 

यसअघि अमेरिकाले उनलाई पटक पटक भिसा दिन अस्विकार गरेको थियो । 

आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक शृङ्खला यही कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा आयोजना हुँदैछ । शृङ्खलामा अमेरिका, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल यही कात्तिक ११ गते अमेरिकासँग खेल्नेछ भने दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्ने तालिका छ ।