शीर्षकहरू

प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा सिद्धार्थ बैंकको २५ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा सिद्धार्थ बैंकको २५ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो । 

बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्दार र पुनस्र्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तिय संस्थाको रुपमा सहभागिता जनाउदै आएको छ ।

असोज १० देखि १२ गतेसम्म देशभर परेको अविरल वर्षाका कारणले आएको बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।