शीर्षकहरू

यो साता ७७ अंकले बढ्यो नेप्से, बैंक र फाइनान्समा आकर्षण

यो साता ७७ अंकले बढ्यो नेप्से, बैंक र फाइनान्समा आकर्षण

काठमाडौं । यो साता नेप्से परिसूचक ७७.१७ अंकले बढेको छ । तीन कारोबार दिनमा २.८६ प्रतिशतले बढेर परिसूचक २७४५.३६ विन्दुमा पुगेको छ । गएको साता परिसूचक २६६८.१७ विन्दुमा थियो । 

दशैं पछि खुलेको बजार कारोबार भएको तीनै दिन परिसूचक बढेको छ । बिहीबार परिसूचक २.४७ अंकले बढेको थियो । बुधबार ४३.२२ अंकले बढेको बजार मंगलबार भने ३१.४८ अंकले बढेको थियो । 

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ  । सो दिन ६ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ७७ हजार ८६८ पटक शेयर खरिद विक्री भएको छ । बुधबार भने ५ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ भने ६४ हजार १७४ पटक शेयर खरिद विक्री भएको छ । मंगलबार भने तीन अर्ब रुपैयाँको कारोबार भएको थियो भने शेयर ३४ हजार ९६० पटक खरिद विक्री भएको थियो । 

यो साता सबै समूहका सूचक बढेको छ । जसमध्ये फाइनान्स समूहको सबैभन्दा धेरैले बढेको छ । फाइनान्स समूहको सूचक ६ प्रतिशतले बढेको छ । बैंकिङ समूहको ४ प्रतिशतले बढेको छ । लगानी र व्यापारको ३/३ प्रतिशतले बढेको छ । 

इस्र्टन, गुडविल, हिमालयन र जानकी फाइनान्सको शेयर उच्चदरले बढ्यो

गत साता इस्र्टन हाइड्रोपावरको १४.१८ प्रतिशतले मूल्य बढेको छ । साताको अन्तमा कम्पनीको मूल्य ९७३ रुपैयाँ पुगेको छ । गुडविल फाइनान्सको शेयर मूल्य १२.९९  प्रतिशतले बढेर अन्तिममा एक हजार २०० कायम भएको छ । 

हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ११.६६ प्रतिशतले बृद्धि भएर ९९६ रुपैयाँ कायम भएको छ । जानकी फाइनान्सको ११.३६ प्रतिशतले वृद्धि भै साताको अन्त्यमा शेयरमूल्य ६८६ मा पुगेर बन्द भएको छ । मिल्टप्रपोज फाइनान्सको शेयर मूल्य भने गत साता १०.९४ प्रतिशतले बढेर ७७१ रुपैयाँमा पुगेर बजार बन्द भएको छ ।

माथिल्लो मैलुन खोलाको शेयर मूल्य भने १०.७८ प्रतिशतले वृद्धि भै ५३८ रुपैयाँ शेयर मूल्य पुगेको छ । सगरमाथा जलविद्युतको मूल्य १०.७८ प्रतिशतले वृद्धि भै ५९६ रुपैयाँ पुगेर बजार बन्द भएको छ । नाङगी ग्रुप पावरको मूल्य भने १०.४७ प्रतिशतले मूल्य ४७५ कायम भएको छ  । 

रावा इनर्जी र समता घरेलु लघुवित्तको क्रमश ९.२७ र ८.४७  प्रतिशतले बढेको छ । 

तर, गत साता सबैभन्दा बढी मिड सोलु जलविद्युतको शेयर मूल्य घटेको छ । गत साता सो कम्पनीको शेयरमूल्य १९.२६ प्रतिशतले घटेको छ । साताको अन्तिममा कम्पनीको मूल्य ९२१ कायम भएको छ । 

अपर स्याङजे जलविद्युतको मूल्य भने ९.६९ प्रतिशतले घटेको छ । साताको अन्तिममा कम्पनीको मूल्य ८२० रुपैयाँ कायम भएको छ। 

युनाइटेड मोडी जलविद्युतको शेयर मूल्य भने गत साता ३.७८ प्रतिशतले घटेर ३२६ रुपैयाँ कायम भएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रसनको शेयर मूल्य ३ प्रतिशतले घटेर ४११ रुपैयाँ कायम भएको छ  । 

युनिलिभरको शेयर मूल्य २.९६ प्रतिशतले घटेर ४८ हजार ८५० रुपैयाँ कायम भएको छ । उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २.५७ प्रतिशतले घटेर तीन हजार १९७ मूल्य कायम भएको छ । 

एनएलजी इन्स्योरेन्सको मूल्य २.३० प्रतिशतले घटेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको २.१८ प्रतिशतले घटेको छ  । त्यस्तै, सांग्रिला डेभलभमेन्ट बैँकको डिवेन्चर २ प्रतिशतले घटेको छ भने बलेफी हाइड्रोपावरको शेयर मूल्य १.९६  प्रतिशतले घटेको छ । 

गुडविल, कुमारी बैक र हिमालयनले गरे ४० करोड भन्दा माथि कारोबार 

गत साता गुडविल फाइनान्सको धेरै कारोबार भएको छ । कम्पनीको ४९ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । धेरै कारोबार हुनेमा कुमारी बैंक दोस्रोमा परेको छ । कम्पनीको  गत साता ४७ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । तेस्रोमा हिमायलन रिइन्स्योरेन्स कम्पनी परेको छ । कम्पनीको गत साता ४६ करोड २०  लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल फाइनान्सको ३८ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, गत साता साहस उर्जाको ३३ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । नाङदी गु्रप पावरको ३० करोड ६० लाख, शिवम् सिमेन्टको २७ करोड ९३ लाख, प्रभु बैंकको २७ करोड ६६ लाख, सिइडिबि जलविद्युतको २६ करोड १५ लाख र एसबिआई बैंकको २६ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

त्यस्तै, हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै पटक खरिद विक्री भएको छ । नेप्सेको अनुसार गत साता सो कम्पनीको शेयर पाँच हजार १७८ पटक खरिद विक्री भएको छ । कुमारी बैंकको चार हजार ६९४ पटक खरिद विक्री भएको छ । निफ्राको तीन हजार ६२५ पटक खरिद विक्री भएको छ । अपी पावरको तीन हजार ४८६ पटक शेयर खरिद विक्री भएको छ । 

त्यस्तै, साहस उर्जाको तीन हजार ३५४ पटक, प्रभु बैंकको शेयर तीन हजार २७४  पटक, अपर तामाकोशीको दुई हजार ६४६, गुडविलको दुई हजार ६२८, ग्लोबल आइएमईको दुई हजार ६१०, सोनापुर मिनरलको दुई हजार ६०५ पटक शेयर खरिद विक्री भएको छ ।