शीर्षकहरू

अफलाइनमार्फत् भुक्तानी गर्न सकिने सेवाको तयारीमा राष्ट्र बैंक

अफलाइनमार्फत् भुक्तानी गर्न सकिने सेवाको तयारीमा राष्ट्र बैंक

काठमाडौं । इन्टरनेटको पहुँच नभएको स्थानमा असंरचित पूरक सेवा डाटा (यूएसएसडी)मार्फत् बैकिङ पहुँच पुर्‍याउन पर्ने एक अध्ययनले देखाएको छ । क्स्ट मेसेज पठाउनका लागि प्रयोग भइरहेको यूएसएसडी प्रणाली प्रयोग गरेर अफलाइनमार्फत् भुक्तानी गर्न सकिने सेवा सञ्चालनका लागि सेवाका लागि नेपाल दूरसञ्चार कम्पनीलाई आग्रह गरिने भएको छ। 

नेपाल राष्ट्र बैंकले यूएसएसडी बेस पेमेन्ट सिस्टम एण्ड रेगुलेसन सम्बन्धी गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । इन्टरनेटको सुविधा नभएको र स्मार्ट मोबाइलको प्रयोग गर्न नसक्ने व्यक्तिलाई पनि वित्तीय सुविधा पुराउन यस्तो खालको सेवाको विस्तार गर्न सकिने अध्ययनले देखाएको हो । यूएसएसडी सेवा भनेको भुक्तानी सेवा मार्फत बैकिङ कारोबार गर्न सकिने सिस्टम हो । तर, यो सिस्टम सञ्चालनको लागि इन्टरनेट वा स्मार्ट मोबाइलको आवश्यकता भने पर्दैन । त्यसैले इन्टरनेट नभएको स्थानमा वैकल्पिक भुक्तानी सिस्टमको रुपमा यसको प्रयोग गर्न सकिने अध्ययनले देखाएको छ । 

यो सेवा विस्तारको लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच जोइन्ट कमिटी गठन गर्नुपर्ने जनाएको छ । कमिटीले सिस्टमको नियमन तथा शुल्क पनि निर्धारण गर्नुपर्ने जनाएको छ । त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणले सबै टेलिकम सेवा प्रदायकलाई यूएसएसडीको सेवा उपलब्ध गराउनका लागि निर्देशन दिनुपर्ने, सबै सेवा प्रदायकलाई समान शुल्कको व्यवस्था गर्नुपर्ने सुझाव दिनुपर्ने अध्ययनले जनाएको छ । 

राष्ट्र बैँकले भने भुक्तानी सेवा दिने संस्थाहरूलाई अनिवार्य रुपमा यूएसएसडीको सेवा उपलब्ध गराउन निर्देशन दिनुपर्नेछ । कारोबारको सीमा तोक्नुपर्ने र प्रयोगकर्ताको सुरक्षा गर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।  

अध्ययनअनुसार यूएसएसडी सिस्टमबाट सुरक्षित कारोबार गर्न सकिनेछ । त्यस्तै, नेपालमा  ७३.१५ प्रतिशतले फिचरको फोनको प्रयोग गर्छन् । तसर्थ यो मोबाइलको अधिकतम प्रयोग गर्न सकिनेछ । त्यस्तै, वित्तीय पहुँच विस्तार गर्न यस सिस्टमले सहयोग गर्ने अध्ययनले जनाएको छ । नेपालको ग्रामीण भेगमा भएका ५० प्रतिशत वयस्क र शहरी क्षेत्रका ४० प्रतिशत वित्तीय पहुँच बाहिर छन् । यस्ता व्यक्तिहरूमा यस सिस्टम मार्फत वित्तीय पहुँच पराउन सकिनेछ । इसेवा लगायतका एपको विकल्पको रुपमा यस सिस्टमको प्रयोग गर्न सकिनेछ । 

नमस्ते पे यूएसएसडीमा आधारित भुक्तानी सिस्टम हो ।  यो सिस्टम सन् २०२१ मा सञ्चालनमा आएको हो । यो सिस्टमले एकाउन्ट डिटेल हेर्ने, ब्यालेन्स चेक गर्ने, रिचार्ज र टपअप गर्ने, वालेटमा रकम राख्न सकिने, पैसा पठाउने  सकिने, युटिलिटी बिल पेमेन्ट गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ । 

केन्यामा यूएसएसडी आधारित एम पिसा सिस्टम छ । यो सिस्टम २००७ देखि सञ्चालनमा आएको हो । यसले ब्यालेन्स चेकिङ, बैँकमा क्यास जम्मा गर्ने, मोबाइल नम्बरमा पैसा पठाउने, एम पिसाको एजेन्टबाट पैसा निकाल्ने, स्टेटमेन्ट इमेलमा उपलब्ध गराउने, युटिलिटी पेमेन्ट गर्ने गर्छ ।

बंगलादेशमा यूएसएसडी आधारत बि कास सिस्टम सञ्चालनमा छ । यो सिस्टम २०११ देखि सञ्चानलमा आएको हो । यसले पैसा पठाउने, टप अप गर्ने, पेमेन्ट गर्ने, एटिएमबाट क्यास आउट गर्ने र रेमिट्यान्सको सुविधा छ  । 

पाकिस्तानमा इजी पैसा नामको  सिस्टम सञ्चालनमा छ । यो सन् २००९ मा सञ्चालनमा आएको हो । यसले पनि टप अप, बिल पेमेन्ट, पैसा पठाउने, ब्यालेन्स चेक गर्ने, मिनि स्टेटमेन्ट हेर्ने, मोबाइल वालेट म्यानेज गर्ने, रकम जम्मा गर्ने र निकाल्ने लगायतका सुविधा दिन्छ । 

तान्जिनियामा टिगो पैसा नाम सिस्टम छ । यो सन २०१४ देखि सञ्चालनमा आएको हो । जाम्बियामा इको क्यास नाम सिस्टम छ । यो सन २०११ मा सञ्चालनमा आएको हो । कम्बोडियामा विंग पे नाम सिस्टम छ । यो सन् २०१८ देखि सञ्चालनमा आएको हो । भारतमा युपिआई नाम सिस्टम छ । यो सन् २०१४ देखि सञ्चालनमा आएको हो ।