शीर्षकहरू

पक्राउ परे लामिछाने, पोखरा लैजाने तयारी

पक्राउ परे लामिछाने, पोखरा लैजाने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई रास्वपा कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट प्रहरीले पक्राउ पुर्जी जारी भएको थियो ।

 

रविमाथि सर्वसाधारण निक्षेपकर्ताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम आरोप छ । लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडियामा सूर्यदर्शन बचत तथा ऋण सहकारी, सहारा बहुउद्देश्यीय सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, साोपाइला बचत तथा ऋण सहकारीलगायत सहकारीको रकम अनधिकृत रुपमा ल्याएको आरोप छ । उक्त कम्पनीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई हाल फरार छन् ।

उनलाई आजै पोखरा लैजाने तयारी गरिएको छ ।