शीर्षकहरू

डेङ्गुका कारण पर्यटन व्यवसायी मिश्रको निधन

डेङ्गुका कारण पर्यटन व्यवसायी मिश्रको निधन

काठमाडौं । पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ । मिश्र केही दिनअघि डेङ्गु लागेर नर्भिक अस्पताल भर्ना भएका हुन् ।  

मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।  

मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गर्नुभएको थियो । मिश्रका श्रीमती र एक छोरा छन् ।