शीर्षकहरू

अमेरिकालाई हराउँदै नेपालले टी–२० आई सिरिजको दोस्रो खेल पनि जित्यो

अमेरिकालाई हराउँदै नेपालले टी–२० आई सिरिजको दोस्रो खेल पनि जित्यो

काठमाडौं । अमेरिकालाई हराउँदै नेपालले टी–२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ । सोमपाल कामीको उत्कृष्ठ प्रदर्शीनीले नेपालले सुपर ओभरमा २ विकेट लिएर २ रन दिएको थियो ।

कामीको बलमा एक बोल्ड भएको थियो भने एक क्याच भएर अमेकिन दुई जना व्याट्सम्यान आउट भए । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सुपर ओभरमा २ विकेट लिए । 


निर्धारित २० ओभरमा नेपाल र र अमेरिकाले १७० रन समान रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको थियो । त्यसपछि कप्तान रोहित कुमार पौडेल र कुशल भुर्तेलले सुपर ३ रन बनाउँदै सुपर ओभरमा नेपाललाई जित दिलाए ।