शीर्षकहरू

गौशाला धर्मशालाबारे छलफल गर्न बोलाइएको बैठक स्थगित

गौशाला धर्मशालाबारे छलफल गर्न बोलाइएको बैठक स्थगित

काठमाडौं । पशुपति गौशाला धर्मशालाको विवादबारे छलफल गर्न बोलाइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज आइतबार बिहानका लागि बोलाएको बैठक स्थगित भएको हो । 

मन्त्री पाण्डे कोष सञ्चालक परिषद्का अध्यक्षसमेत हुन् । उच्च अदालत पाटनमा यसबारे मुद्दा विचाराधीन रहेकाले बैठक स्थगित भएको जनाइएको छ ।  
 
कात्तिक २ गते गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दामा अन्तरिम आदेशका लागि छलफल गर्न सोमबारका लागि पेसी तोकिएको छ ।