शीर्षकहरू

जीवन विकास लघुवित्तले कात्तिक ४ गतेदेखि ३ लाख ३४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्ने

जीवन विकास लघुवित्तले कात्तिक ४ गतेदेखि ३ लाख ३४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्ने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ३४ हजार ५०० कित्ता संस्थापक शेयर कात्तिक ४ गतेदेखि विक्री गर्ने भएको छ । कम्पनीले कात्तिक १४ गतेसम्म आवेदन पेश गर्न सकिने गरी विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गर्न लागेको हो । 

यी शेयरको मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको हुँदा इच्छुक खरीदकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । न्यूनतम २५० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । कात्तिक १४ गते अपरान्ह ३ बजेभि कम्पनीको शेयर विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको हो ।