शीर्षकहरू

ब्रिटिश काउन्सिलले उत्कृष्ट आइइएलटीएस रजिस्ट्रेसन एजेन्टहरूलाई पुरस्कृत गर्यो

ब्रिटिश काउन्सिलले उत्कृष्ट आइइएलटीएस रजिस्ट्रेसन एजेन्टहरूलाई पुरस्कृत गर्यो

काठमााडौं । ब्रिटिश काउन्सिल नेपालले २६ सेप्टेम्बर २०२३ मा द सोल्टी काठमाडौंमा आइइएलटीएस पार्टनर समिटको अविस्मरणीय कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमले युवा नेपाली विद्यार्थी र पेशाकर्मीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा र करियर विकासका अवसरहरूमा पहुँच प्राप्त गर्न मद्दत गर्ने हाम्रो योगदान स्मरण गर्न आइइएलटीएस साझेदारहरूलाई एकताबद्ध गरेको हो । कार्यक्रमले अप्रिल २०२३ देखि मार्च २०२४ सम्म आइइएलटीएस परीक्षामा असाधारण समर्पण र योगदान प्रदर्शन गर्ने उत्कृष्ट साझेदारहरूलाई सम्मान गरेको थियो ।

देशीय परीक्षा निर्देशक, ब्रिटिश काउन्सिल नेपालका प्रतिष्ठा थापा रायमाझीले कार्यक्रममा उत्साह व्यक्त गर्दै भनिन्– “उत्कृष्ट प्रदर्शन र ब्रिटिश काउन्सिलप्रतिको योगदानलाई सम्मान गर्ने उत्सवको साँझमा हाम्रा सबै साझेदारहरू र सरोकारवालाहरूलाई एकसाथ ल्याउन पाउँदा हामी अत्यन्त हर्षित छौं। नेपालका युवालाई सशक्तिकरण गर्ने उनीहरूको प्रतिबद्धताले रूपान्तरणका अवसरहरूको ढोका खोल्छ र हामी मिलेर उज्ज्वल भविष्य निर्माण गरिरहेका छौं।” कार्यक्रममा विभिन्न विधामा जम्मा २९ वटा पुरस्कारहरू प्रदान गरिएको थियो । उत्कृष्ट प्रदर्शन गर्ने संस्था इक्यान थियो र उत्कृष्ट प्रदर्शन गर्ने संस्थान (प्लाटिनम पार्टनर) अर्बिट मेडिकल इन्ट्रान्स प्रालि थियो ।