शीर्षकहरू

४७.४४ अंकले घट्याे नेप्से, कारोबार रकम भने बढ्यो

४७.४४ अंकले घट्याे नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज ४७.४४ अंकले घटेर नेप्से परिसूचक दुई हजार ६९७.९१ अंकमा झरेको छ । म्युचुअल फण्ड स्थिर रहेकोमा अन्य १२ परिसूचकको शेयर घटेको छ ।

यसदिन इस्टर्न हाइड्रोपावरको शेयरमा सकारात्मक ऋणात्मक सर्किट लागेको छ । तर आज कुथेली बुखारी स्माइल हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ भने न्याग्दी ग्रुप पावरको शेयर ९.८९ प्रतिशतले बढेको छ । 

नेप्से ओरालो लागे पनि आज कारोबार रकम भने बढेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार ७ अर्ब १९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार आइतबार ८ अर्ब १८ करोड रुपैयाँ बराबरको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयर खरिदबिक्री भएको छ ।