शीर्षकहरू

दुई दिनमा १०५.४३ अंकले घट्यो नेप्से

दुई दिनमा १०५.४३ अंकले घट्यो नेप्से

काठमाडौं । दशैँ बिदापछि असोज २९ गते खुलेर तीन दिनको कारोबारमा अघिल्लो साता ७७.१७ अंकले बढेको नेप्से परिसूचक यस साताका दुई कारोबार दिनमै उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार ४७.४४ अंकले घटेर नेप्से परिसूचक दुई हजार ६९७.९१ अंकमा झरेको नेप्से परिसूचक सोमबार पनि घटेको छ ।

आज ५७.९९ अंकले घटेर दुई हजार ६३९.९२ अंकमा बजार बन्द भएको छ । यस साताका पहिलो दुई कारोबार दिनमा नेप्से १०५.४३ अंकले घटेको छ ।

आज चारवटै सेन्सेटिभ इन्डेक्स र १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । न्याग्दी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.२० प्रतिशतले गुमाएका छन् । 

यद्यपि, आज विन नेपाल लघुवित्तका लगानीकर्ताले ९.९८ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८२ प्रतिशतले नाफा कमाएका छन् ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ८ अर्ब १८ करोड रुपैयाँ बराबरको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ९० करोड रुपैयाँ बराबरको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर कारोबार भएको छ ।