शीर्षकहरू

श्रममन्त्री भण्डारीका १०० दिन, नियमित कामलाई नै निरन्तरता

श्रममन्त्री भण्डारीका १०० दिन, नियमित कामलाई नै निरन्तरता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले पुराना कामलाई नै निरन्तरता दिँदै १०० दिन बिताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उनले बुझाएको १०० दिनको रिपोर्ट सात वटा बुँदा उल्लेख गरेका छन्  । 

श्रम मन्त्रीले प्रधानमन्त्री रोजगार कार्यक्रममा अन्तर्गत आयोजनामा खटिने श्रमिक र रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरूको सामूहिक बीमा गरिएको, वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्शको लागि थप ३३ जिल्लामा आप्रवासी स्रोत केन्द्रको स्थापना गरिएको, असोजसम्ममा मधेश प्रदेशमा निर्माण हुने व्यवसायीक प्रशिक्षण प्रतिष्ठानको तालिम केन्द्र निर्माणको लागि जग्गा प्राप्ति गर्ने १०० दिनको रिपोर्टमा उल्लेख गरेका छन् । 

त्यस्तै, सामाजिक सुरक्षा कोषमा ३०० जना रोजगारदाता थप सूचीकरणको गरिएको, गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल, भैरहवा र क्षेत्रीय विमानस्थल, पोखरा सञ्चालनमा सहजीकरण लागि तत् स्थानबाट श्रम स्वीकृति लगायतका कार्य शुरु गरेको, असोज भित्रमा दक्षिण कोरिया र मलेसियासँगको द्विपक्षीय श्रम सम्झौताको नवीकरण र ओमानसँग द्विपक्षीय श्रम सम्झौता गर्ने, वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण उपलब्ध गराउने सम्बन्धित कार्यविधि स्वीकृत गर्ने पनि उल्लेख गरेका छन् । 

मन्त्री भण्डारी बुझाएको कार्य प्रगति मन्त्रालयका नियमित काम भित्र पर्छन् ।