शीर्षकहरू

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री राहत काेषमा ५० लाख सहयाेग

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री राहत काेषमा ५० लाख सहयाेग

काठमाडौं । युनिलिभर नेपालले बाढीपहिरो प्रभावितको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

असोज दोस्रो साताको विनासकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको दुःखद् घडीमा पीडितका लागि राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत पीडितहरूको दैनिक सरसफाइका सामग्री उपलब्ध गराएको छ ।

यस अभियानलाई थप बढवा दिन युनिलिभर नेपालका प्रबन्ध निर्देशक सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।