शीर्षकहरू

एक वाणिज्य बैंक सहित दुई कम्पनीको १ लाख ५२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

एक वाणिज्य बैंक सहित दुई कम्पनीको १ लाख ५२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । मंगलवार दुई कम्पनीको १ लाख ५२ हजार २५० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । एनएमबि बैंकले १ लाख २३ हजार ३२४ कित्ता र विन नेपाल लघुवित्तले २८ हजार ९२६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । 

यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र विक्री खुला गर्दा विक्री हुन नसकेपछि दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री खुला गरिएको हो । दुबै कम्पनीको शेयर खरीदका लागि आगामी सातदिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

 एनएमबि बैंकको शेयर खरीदका लागि बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलको कार्यालय बालुवाटार, काठमाडौंमा र विन नेपाल लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । दुबै कम्पनीको शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने भनाई कम्पनीहरुको छ ।