शीर्षकहरू

ज्योति गुरूङसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न पत्राचार

ज्योति गुरूङसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न पत्राचार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणकी आरोपी ज्योति गुरुङलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिने भएको छ ।

कांग्रेस उपसभापति धनराज गुरुङकी पत्नीसमेत रहेकी ज्योतिलाई पक्राउका लागि  रेड नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको छ । सीआईबीले  ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हो ।

केही समयअघि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा सोही सहकारीका अध्यक्ष कुम्भराज गुरुङले जाहेरी दर्ता गराएका थिए । कांग्रेस सभापति धनराजले आफूले ज्योतिसँग सम्बन्धविच्छेद गरिसकेको दाबी गरेका थिए भने ज्योति हालसम्म फरार रहेकी छन् । 

पूर्व कानुनमन्त्रीसमेत रहेका धनराजमाथि सहकारी ठगीपछि सहमतिमै श्रीमतीसँग सम्बन्धविच्छेदको कागज बनाएको आरोप रहेको छ ।