शीर्षकहरू

बेलिब्रिज बनेपछि सञ्चालनमा आयो खुर्कोट-मन्थली सडक

बेलिब्रिज बनेपछि सञ्चालनमा आयो खुर्कोट-मन्थली सडक

काठमाडौं । बेलिब्रिज निर्माणपछि सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने सडक सञ्चालनमा  आएको छ ।

असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र बाढी तथा पहिरोका कारण सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल बगाएको थियो । सडक विभाग र नेपाली सेनाको सहयोगमा बेलिब्रिज तयार भएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको नेपाली सेनाले जनाएको छ । 

उक्त पुल बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो भने दशैँमा यात्रुहरूले अन्य वैकल्पिक सडक सञ्जालबाट यात्रा गर्नुपरेको थियो ।