शीर्षकहरू

नेप्सेको गेटमा डेढ करोडको ‘बाच्छो’ ! [तस्वीरहरू]

नेप्सेको गेटमा डेढ करोडको ‘बाच्छो’ ! [तस्वीरहरू]

काठमाडौं । शेयर बजारमा बुल अर्थात् साँढेले बढेको बजार र बियर अर्थात् भालुले घटेको बजारलाई चित्रित गरिन्छ । संसारमा विभिन्न स्टक एक्सचेन्जमा बढेको बजार संकेत गर्दै साँढेको मूर्ति बनाउने चलन छ । सोही चलनअनुरुप हाल नेपालको एक मात्र स्टक एक्सचेन्ज हो नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्राङ्गणमा पनि एउटा मूर्ति ठडिएको छ ।

२०७८ को अन्तिम महिना चैतमा नेप्से सञ्चालक समितिको बैठकले उक्त मूर्ति बनाउने निर्णय गरे पनि काम भने यसै वर्ष अघि बढेर हालै सम्पन्न भएको हो । उक्त मूर्ति ६०० केजी धलोट (पहेँलो देखिने धातु) प्रयोग गरेर कम्तिमा ६०० किलोको बनाइने नेप्सेले बताएको थियो । जसको लागत १ करोड ४८ लाख रुपैयाँ रहेको छ । यस परियोजनाअन्तर्गत  सोही लागतभित्र नेप्सेको पुरानो भवन भत्काउने, गार्डेन बनाउने, नेप्सेको गेट बनाउन, नेप्से सप्लाई हुने विद्युतीय सामान र जेनेरेटर पनि रहेको नेप्सेको भनाइ छ ।

उक्त परियोजनाअन्तर्गत नेप्सेले आफ्नो प्राङ्गणमा साँढेको बडेमानको साँढेको मूर्ति तयार हुने बताएको थियो । तर उक्त मूर्ति तयार भएपछि भने त्यो बाच्छोजस्तो भएको भन्दै यतिबेला सार्वजनिक स्थान र सामाजिक सञ्जालमा भने आलोचना हुन थालेको छ । उक्त विषयमा विश्वको सबैभन्दा ठूलो स्टक बजार न्युयोर्क स्टकअघिको साँढेसँग दाजेर लेखेका छन्, 'न्युयोर्क स्टक एक्चेन्जको साँढे र नेपाल स्टक एक्चेन्जको साँढे । नेपालको साँढेचाँही बाच्छाजस्तो बनाएछन् जेमराजहरूले । अब शेयरबजार रोशीखोला जसरी उर्लिन्छ क्याओ!'

नेप्सेअगाडि साँढे भनेर बनाइएको तर बाच्छो जस्तो देखिने मूर्ति, हेर्नुहोस् तस्वीरमा :