शीर्षकहरू

कामना सेवा विकास बैंकको नाफामा ४६.४० प्रतिशत वृद्धि

कामना सेवा विकास बैंकको नाफामा ४६.४० प्रतिशत वृद्धि

काठमाडौं।कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले यो नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा  ४६.४० प्रतिशतले बढी हो । गत आवमा बैंकले ११ करोड ९५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि ५.६६ प्रतिशत बढेर ५१ करोड ८७ लाख पुगेको छ । गत आवमा बैंकको यस्तो आम्दानी ४९ करोड ९ लाख रुपैयाँ थियो । असोज मसान्तसम्म बैंकको सञ्चालन नाफा ४२.५६ प्रतिशत बढेर २५ करोड ६७ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा २० करोड ९८ लाख ४४ हजार रुपैयाँ छ । त्यस्तै, बैकको खराब कर्जा ३.९६ प्रतिशत रहेको छ ।

बैंकको ३ अर्ब ५१ करोड ८ लाख चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा १ अर्ब ६९ कोड ३२ लाख रहेको छ । त्यस्तै बैंकले यो तीन महिनामा निक्षेप संकलन ६० अर्ब ७५ करोड ५३ लाख र कर्जा लगानी ४७ अर्ब ४० करोड ६७ लाख रुपैयाँ गरेको छ ।