शीर्षकहरू

सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउँदै, तोलामा १ लाख ६६ हजार ७०० पुग्यो

सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउँदै, तोलामा १ लाख ६६ हजार ७०० पुग्यो

सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । दशैँपछि खुलेकाे बजारमा असाेज १ गतेदेखि सुनकाे मूल्यले निरन्तर  ऐतिहासिक रेकर्ड बनाइरहेकाे छ । 

आज असाेज ७ गते मंगलबार पनि सुनकाे मूल्य वृद्धि भएकाे छ । आज तोलामा ८०० रुपैयाँले बढेर सुनले हालसम्मकै उच्च रेकर्ड बनाएको छ ।

यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । आज तोलामा दुई हजार १३५ रुपैयाँले बढेको चाँदीको मूल्यको पनि यो हालसम्मकै उच्च रेकर्ड हो ।