शीर्षकहरू

ब्रिक्सको १६औँ शिखर सम्मेलन रुसमा, यस वर्ष ४ वटा देश सदस्य बन्दै

ब्रिक्सको १६औँ शिखर सम्मेलन रुसमा, यस वर्ष ४ वटा देश सदस्य बन्दै

एजेन्सी । विश्वको तीव्र गतिमा बढिरहेको अर्थतन्त्रको समूह ब्रिक्सको १६औँ शिखर सम्मेलन रुसको काजानमा हुँदैछ । जसमा रुस, चीन, ब्राजिल, दक्षिण अफ्रिका लगायत २८ देशका राष्ट्र प्रमुखहरुको सहभागिता रहेको छन । यस वर्ष शिखर सम्मेलनको अध्यक्षता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गर्दैछन् । आज भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने छन् ।

युरोपियन युनियन(इयू)लाई उछिन्दै ब्रिक्स विश्वको तेस्रो शक्तिशाली आर्थिक संगठन बनेको छ । विश्वव्यापी जीडीपीमा इयू देशहरूको कुल हिस्सा १४ प्रतिशत छ जबकि ब्रिक्स देशहरूको हिस्सा २७ प्रतिशत छ।

ब्रिक्सको आफ्नै छुट्टै बैंक सञ्चालनमा छ । यसको मुख्यालय चीनको सांघाईमा छ। यसले सरकारी वा निजी परियोजनाहरूको लागि सदस्य राष्ट्रहरूलाई ऋण प्रदान गर्दछ। गत वर्षसम्म ‘राइजिङ इकोनोमी’ को अवधारणामा बनेको यो समूहमा ब्राजिल, रुस, चीन, भारत र दक्षिण अफ्रिका गरी ५ देश थिए । यस वर्ष युएई, इरान, इजिप्ट र इथियोपिया औपचारिक सदस्य हुनेछन्। गत वर्ष ३४ देश र यस वर्ष ४० देशले संस्थामा आबद्ध हुने इच्छा व्यक्त गरेका छन् ।

 आर्थिक संकटअघि पश्चिमी देशहरूले विश्वको अर्थतन्त्रको ६० देखि ८० प्रतिशतसम्म नियन्त्रण गर्दै आएका थिए । तर, मन्दीको समयमा ब्रिक्स राष्ट्रहरूको आर्थिक वृद्धिले उनीहरूमा तीव्र गतिमा वृद्धि गर्ने र पश्चिमी मुलुकसँग प्रतिस्पर्धा गर्ने क्षमता रहेको देखाएको थियो । हालै रुसी राष्ट्रपति पुटिनले ब्रिक्स मुलुकका लागि स्विफ्ट भुक्तानी प्रणाली जस्ता छुट्टै भुक्तानी प्रणाली बनाउने विषयमा भइरहेको छलफलको जानकारी दिएका थिए ।

गत वर्षको सुरुमा ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले एक शिखर सम्मेलनमा ब्रिक्स सङ्गठनका देशहरूले व्यापारका लागि नयाँ मुद्रा निर्माण गर्नुपर्ने बताएका थिए । तर, यस विषयमा अहिलेसम्म कुनै उल्लेखनीय विकास भएको छैन । राष्ट्रपति पुटिनले पछिल्लो पत्रकार सम्मेलनमा पनि यो धेरै अगाडिको विषय रहेको भन्दै अहिले नै यसबारे कुनै निर्णय नहुने बताएका थिए ।

यद्यपि, संगठनका केही देशहरूले निश्चित रूपमा आफ्नो राष्ट्रिय मुद्रामा व्यापार गर्न थालेका छन्। चीन र रुस यी देशहरूमा पर्छन्। युक्रेन युद्धपछि रुसले राष्ट्रिय मुद्राको प्रयोगमा जोड दिइरहेको छ ।

ब्रिक्समा नयाँ देशहरू समावेश भएपछि यसको शक्ति बढेको छ। युएई, इरान, इजिप्ट, इथियोपिया जोडिएपछि ब्रिक्स मुलुकको बजार बढेको छ । यो युएई जस्तो द्रुत बृद्धि भएको अर्थतन्त्रसँग जोडिएको छ जसको विश्वव्यापी निर्यात क्षमता २ प्रतिशतभन्दा बढी छ।


अक्टोबर १८ मा रुसी राष्ट्रपति पुटिनले ब्रिक्स सम्मेलनअघि ३४ देशले ब्रिक्समा सामेल हुने इच्छा व्यक्त गरेका थिए । अघिल्लो वर्ष पनि करिब ४० देशले यसमा सहभागी हुने इच्छा व्यक्त गरेका थिए । भारतको छिमेकी राष्ट्र पाकिस्तानले पनि यसमा सामेल हुन आधिकारिक निवेदन दिएको थियो ।