शीर्षकहरू

ह्यारिसले हारे लोकतन्त्र खतरामा हुने बताउँदै बाइडेनले भने : ट्रम्पलाई थुनेर राख्नुपर्छ

ह्यारिसले हारे लोकतन्त्र खतरामा हुने बताउँदै बाइडेनले भने : ट्रम्पलाई थुनेर राख्नुपर्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आसन्न राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पलाई थुनेर राख्नुपर्ने बताएका छन् । बाइडेनले न्यू ह्याम्पशायरको कन्कोर्डमा डेमोक्र्याटिक अभियान कार्यक्रममा ट्रम्पलाई राजनीतिक रुपमा थुनेर राख्नुपर्ने बताए ।

'ट्रम्प लोकतन्त्रका लागि खतरा हुन् । उनलाई राजनीतिक रूपमा बन्दी बनाउनुपर्छ,' डेमोक्र्याट पार्टीका समर्थकलाई आगामी ५ नोभेम्बरको चुनाव आफ्ना उम्मेदवार कमला ह्यारिसले जित्ने बताउँदै भने ।

उनले ट्रम्पको २०१६ को चुनावी र्यालीको समयमा पनि ट्रम्पले लोकतन्त्र विरुद्धको कार्य गरेको बताउँदै हाल पनि सोही कार्य दोहोर्‍याइरहेको बताए ।

ट्रम्पले डेमोक्र्याटिककी उम्मेदवार ह्यारिसलाई हराए लोकतन्त्र जोखिममा हुने बताए ।