शीर्षकहरू

सिद्धार्थ बैंकका ग्राहकलाई दुसित थानि हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई दुसित थानि हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्ट प्रालि (धूलिखेल) बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले धूलिखेलस्थित दुसित थानि हिमालयन रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै अन्य सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास आफूहरूले लिएको बैंकको भनाइ छ ।