शीर्षकहरू

मन्त्रालयको कार्यक्रममा कुलमानलाई मन्त्री खड्काले बोल्न नदिएपछि...

मन्त्रालयको कार्यक्रममा कुलमानलाई मन्त्री खड्काले बोल्न नदिएपछि...

काठमाडौं । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले दीपक खड्का मन्त्री नियुक्त भएपछिका १०० दिनमा गरेका उपलब्धिहरूको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरेको थियो । उक्त कार्यक्रममा मन्त्री खड्काले ऐन, कानून तर्जुमा तथा संस्थागत पुर्नसंरचना, ऊर्जा,  जलस्रोत तथा सिंचाइ र जल तथा मौसम विज्ञानतर्फका उपलब्धिहरू सुनाए

उपलब्धि सार्वजनिकपश्चात् सञ्चारकर्मीहरूले विभिन्न जिज्ञासा राखे । त्यसैक्रममा मन्त्री खड्काले नेपाल प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई पदमुक्त गर्न खोजेको जिज्ञाशा सञ्चारकर्मीले राखे । उक्त प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले घिसिङलाई बर्खास्त गर्ने कुनै मनसाय नभएको जवाफ दिए । कार्यक्रममा घिसिङ पनि उपस्थित थिए । घिसिङलाई खड्काले सोधे, 'तपाईले यस्तो महसुश गर्नु भएको छ र ? उहाँले कतै यस्तो खालको मनसाय राखेको सुनेको छैन ।'

त्यसपछि सञ्चारकर्मीले कुलमानको धारणा बुझ्न खोजेका थप थिए । सञ्चारकर्मीले यस विषयमा घिसङको प्रतिक्रिया सुनौँ न भनेपछि मन्त्री खड्काले उक्त प्रस्ताव अस्वीकार गर्दै भने, 'यो मन्त्रालयले गरेको कार्यक्रम हो । उहाँसँग कुरा गर्नु परे छुट्टै कुरा गर्नु न ।'

खड्काले ट्रंकलाइनको विषयमा यसअघि घिसिङलाई पटक-पटक स्पष्टीकरण सोधेका थिए । घिसिङ कुनै पनि हालतमा व्यवसायीबाट डेडिकेटेड लाइनको रकम उठाउनु पर्ने पक्षमा हुँदा खड्का व्यवसायीप्रति लचिलो देखिन्छन् । प्रधानमन्त्री ओली व्यवसायीको पक्षमा खुलेरै उभिएका छन् । प्रधानमन्त्रीको विपक्ष उभिएका घिसिङलाई ऊर्जामन्त्री खड्काले पटक-पटक स्पष्टीकरण पनि सोधेका छन् ।