शीर्षकहरू

बाढी पहिरो पीडितलाई ४४ करोड ४३ लाख वितरण

बाढी पहिरो पीडितलाई ४४ करोड ४३ लाख वितरण

काठमाडौं । बाढी पहिरो पीडितलाई सरकारले ४४ करोड ४३ लाख रुपैयाँ वितरण गर्ने भएको छ । बाढी पहिरोबाट मृत्यु भएका व्यक्ति परिवारलाई र प्रभावित परिवारलाई राहत रकम वितरण भै सकेको र संकटग्रस्त क्षेत्र घोषणा गरिएको स्थानीय तहलाई राहत रकम विनियोजन गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । 

सरकारले बाढी पहिरोबाट मृत्यु भएका ३९१ जना व्यक्तिका परिवारलाई दुई÷दुई लाख रुपैयाँ नगद वितरण गरेको बताएका छन् । त्यस्तै, बाढी पहिरो प्रभावित परिवारलाई चार करोड ५० लाख रुपैयाँ वितरण गरेको छ भने संकटग्रस्त ७१ वटा स्थानीय तहलाई ४३ करोड रुपैयाँ विनियोजन गरिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाको खानेपानी, विद्युत, सडक, सञ्चार लगायतका अत्यावश्यक सेवा १५ दिनभित्र सञ्चालनमा ल्याउन जिल्ला विपद् व्यवस्थापन कोष मार्फत रकम उपलब्ध गराइ सकिएको उनले बताए ।